‘तेस्रो रामेछाप कप’को उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड आफैले जित्यो (भिडिओसहित)

| कात्तिक ८, २०८१ बिहिबार

A A A
A A A

८ कात्तिक, रामेछाप । दिपशिखा ब्वाइज युनाइटेड्द्वार आयोजित  ‘तेस्रो रामेछाप कप’ को उपाधि आयोजक आफैले जितेर इतिहास रचेको छ । योसँगै उसले जिल्लाकै सर्वाधिक पुरस्कार राशि नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने, सर्वोत्कृष्ट खेलाडी समेत आफ्नो पक्षमा पारेको छ । 

 

विजेताहरूलाई आयोजक दिपशिखा ब्वाइजका अध्यक्ष आषिस कार्की, प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, वडा अध्यक्षहरूसहितको भव्य समापन समारोहका बिच मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नगद र ट्रफि प्रदान गरेका छन् ।

 

बिहीबार करम्बोट खेल मैदानमा डिपिओ रामेछापलाई २–० गोलको जित निकालेर आयोजक दिपशिखा आफैले ३ लाख पुरस्कार राख्न सफल भएको हो । जितको लागि दिपशिखाले पहिलो हाप्प अगाडि १ गोल गरेको थियो । हापटाइम पछि थप १ गोल थपेको थियो । केही राम्रो अवसर बनाए पनि  डिपिओ रामेछापले जबाफी गोल गर्न सकेन । उपविजेता जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यो प्रतियोगितामा जिल्ला भित्रकै ९ टिमको सहभागिता रहेको थियो । नकआउट चरणमा खेलाइएको सो प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने सानीमदौ सोशियल सिटी र मन्थली सांस्कृतिक समाजले नगद ५०–५० हजार पुरस्कार प्राप्त गरेका छन् । 

 

गएको कात्तिक ५ गते सोमबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेद्वारा उद्घाटन गरिएको सो प्रतियोगिता मन्थली नगरपालिका वडा नं २ करम्बोट स्थिति खेल मैदानमा खेलाइको थियो । साथै, उत्कृष्ट ५ विधामा खेलाडीहरूलाई नगद ५–५ हजारसहित ट्रफिद्वार पुरस्कृत गरिएको थियो ।