रामेछापमा थप एक वृद्धा महिलाको कोरोनाबाट ज्यान् गयोः यस्तो छ जिल्लामा कोरोनाको तथ्याङ्क ? (हेर्नुहोस्)

| असार ९, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

०९ असार, रामेछाप । रामेछापमा थप एक वृद्धा महिलाको कोरोना संक्रमणबाट निधन भएको छ । गत सोमबार रामेछाप नगरपालिका वडा नं ८ कि ५७ वर्षीय  महिलाको निधन भएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जनाएको छ ।

 

उनलाई गत जेठ १९ गते  जिल्ला अस्पतालमा एन्टिजेन्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा बसेकी थिइन् ।

 

पहिलो पटक कोरोना संक्रमण भएर पनि अस्पतालबाट डिस्चार्ज भएकी ती वृद्धामहिला पुःन संक्रमण भपएछि जिल्ला अस्पतालबाट राजधानी स्थित विर अस्पतालमा रेफर भएर पठाइएको थियो ।

 

उनको सोही अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको हो । योसंगै जिल्लामा गत वैशाख ३ गते यता कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या १८ जना पुगेको छ ।

 

हाल जिल्लामा १७५ जना सक्रिय संक्रमित् रहेको जिल्ला अस्पतालको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै जिल्ला स्थित अस्पतालहरुमा उपचार हुन नसकि थप उपचारको लागि २१ जना काठमाडौं सहितका अस्पतालमा रेफर गरिएको छ । त्यस्तै एक हजार ७ सय ८२ जना निको भएका छन् । 

जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था तथ्याङ्कमा यस्तो छ हेर्नुहोस्.....