‘विप्लव’ निकट युवा संघ रामेछापको अध्यक्षको जिम्मेवारी हिरा सिलाई

| कात्तिक ११, २०८१ आइतबार

A A A
A A A

११ कात्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट सहायक संगठन युवा संगठन नेपाल रामेछापको अध्यक्षमा हिरा सी चयन भएका छन् । संघको तेस्रो बैठकले उनलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको संघले जनाएको छ । 

 

शनिवार साँझ मन्थलीमा बसेको बैठकले दश वर्षको जनयुद्धमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा कहिले जनकलाकार त कहिले जनमुक्ति सेनाको रूपमा जिम्मेवारी निर्वाह गरेका सी २०७५ फागुन १७ गते संगठन शुद्धीकरण तथा बिस्तार अभियानको क्रममा सिन्धुपाल्चोकमा पक्राउ परि ४५ दिन सम्म हिरासतमा परेका थिए । 

 

युवा संघले रामेछापमा अहिले ‘चुनौतीपूर्ण घडी’ भन्दै उनलाई जिम्मेवारी दिएर यो चुनौतीलाई सहजै रूपमा पार गर्न समेत आग्रह गरेको छ 

 

केही समय अगाडि पार्टीका केन्द्रिय प्रवक्ता समेत रहेका नेता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) को उपस्थितिमा नेकपा क्रान्तिकारी जिल्लामा आफ्ना गतिविधि चलायमान बनाउने तयारी स्वरुप नेताहरुलाई दुई दिने अभिमुखिकरण समेत गराएको थियो ।