बागमती प्रदेशः रामेछापसहित १० जिल्लालाई २५/२५ लाख दिने तयारी

प्रदेश सरकारले प्राकृतिक प्रकोपले क्षति भएका जिल्लाहरुलाई ५ करोड दिने

| असार ९, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

०९ असार,मकवानपुर । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका प्राकृतिक प्रकोपले क्षति भएका जिल्लाहरुलाई ५ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । वाग्मतीले प्रदेश विपद् व्यवस्थापन कोषबाट सहयोग रकम उपलब्ध गराउने भएको हो ।

 


रामेछापसहित, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई २५÷२५ लाख दिने प्रदेश सरकारको तयारी छ ।


पहिलो चरणमा सिन्धुपाल्चोकमा गत असार १ गते गएको बाढीका कारण क्षति भएका पूर्वाधार तथा अवरोधहरू हटाउने, रोकथाम, नियन्त्रण र मर्मत गरी पुनः सञ्चालन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 


यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मातहतका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ५०–५० लाख रुपैयाँ दिने वाग्मती प्रदेश सरकारले जनाएको छ ।


सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट १० लाख मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराइने भएको छ । प्रतिष्ठानको व्यवस्थापनमा आजदेखि बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार