रामेछापको बेथानमा एक घरमा आगोलागीः कागजातसहित सम्पूर्ण सामान जल्यो, ५ लाख बराबरको क्षति

| कात्तिक २८, २०८१ बुधबार

सांकेतिक तस्बिर
A A A
A A A

२८ कात्तिक, रामेछाप । बस्तुलाई कुँडो पकाउने क्रममा अचानक आगो लाग्दा रामेछापको सुनापति गाउँपालिका ४ बेथानमा ५ लाख बराबरको क्षति भएको छ । 

 

मंगलबार अन्दाजी ४  ०० बजेको समयमा बेथान स्थित ध्यानबहादुर खड्काको ६६ वर्षीय श्रीमती रत्न देवी खड्काको कच्ची दुई २ तले घरमा अचानक सल्किएको आगोबाट घर भित्र रहेको १५ वटा कुखुरा जलेर मरेका छन् भने भाडा वर्तन, लत्ताकपडा, घरभित्र रहेको कागजपत्रसँगै घरमा पूर्णरुपमा जलेर नष्ट हुँदा भएको बेथान प्रहरी चौकीले जनाएको छ । 

 

उक्त आगोलागिबाट घर सहित अन्दाजी ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगोलागिमा मानवीय क्षति भने भएको छैन । 

 

आगो लागी भएको घरमा १३ जना बसोबास गर्दै आएको बुझिएको छ । अचानक सल्किएको आगो झण्डै ४ घण्टा पछि स्थानीय र बेथान प्रहरीसहितको सक्रियतामा नियन्त्रणमा लिएको जिप्रका रामेछापले जनाएको हो ।  

 

रामेछाप टाइम्स
| मंसिर ४, २०८१ मंगलबार
मिलन घिमिरे (बि क)
| कात्तिक १३, २०८१ मंगलबार