उमाकुण्ड गाउँपालिका–३ कुँबुँकास्थालीका ३३० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
२ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं कुँबुँकास्थलीको ७ वटै विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । एक क्लबले वडा भित्रका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरेको हो ।
सोही वडाका अध्यक्ष नवीन थापाका अनुसार वडा कार्यालयको सहजिकरणमा किवानिज क्लब हिमालयन नामक कल्बले वडाका सात वटै विद्यालयका छात्रा छात्रहरूलाई आवश्यक कलम, पेन्सिलसहितका शैक्षिक सामाग्रीहरू प्रदान गरेको हो ।
जिल्लाको दुर्गम पालिका भनेर चिनिँदै आएको सो पालिकाको कुँबुँकांस्थाल वडाका शिक्षक, शिक्षिकाहरूलाई समेत संस्थाले आवश्यक पेन, डायरी जस्ता शैक्षिक सामाग्री सहयोग गरेको वडा अध्यक्ष थापाले बताए ।
वडाका मावि तथा आवि गरी ७ विद्यालयका ३३० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।