सुनापतिबाट रेफर भैई मन्थली आएका काेराेना संक्रमित निधन

| असार ९, २०७८ बुधबार

फोटो फाइल मन्थली बजार
A A A
A A A

०९ असार,रामेछाप । रामेछापको मन्थलीमा थप एक जनाकाे काेराेना संक्रमणबाट निधन भएको छ ।

 

मन्थली नगरपालिकाले बुधबार जारी  गरेकाे नगरभित्रकाे काेराेना अपडेटमा सुनापतिबाट रेफर गरि मन्थलीमा ल्याइएका एककाे ज्यान गएको उल्लेख छ । याेसंगै मन्थली नरगपालिका भित्र काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ । 


नगरभित्र हाल १३ जना सक्रिय संक्रमित छन् । 

 

त्यस्तै हाेम हाइसाेलेसनमा १२ रहेकाे उल्लेख छ । भने हालसम्म ३५१ जना काेराेना मुक्त भएका छन् । 
नगरभित्र बुधबार सम्म ३७५ जना संक्रमित बनेका छन् । 

तथ्यांक हेर्नहाेस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार