रामेछापका थप दुई कोरोना संक्रमितको निधन

| असार ९, २०७८ बुधबार

फाइल फोटो रामेछापको सदरमुकाम मन्थली बजार आसपास
A A A
A A A

०९ असार,रामेछाप । रामेछापमा आज थप दुई जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान् गुमाउनेको संख्या २० जना पुगेको छ । यध्यपी जिल्ला अस्पतालको विज्ञप्तिमा १९ जना कूल मृतक पुगेको उल्लेख छ । 

 


बुधबार जिल्लाबाट रेफर भैई काठमाडौंको टेकु अस्पतालमा उपचार गराईरहेका एक पुरुष र सुनापति गाउँपालिकाबाट रेफर भैई जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा ल्याइएका एकको मृत्यु भएको हो ।

 

टेकु अस्पतालमा उपचार गराइएरहेका गोकुलगंगा गाउँपालिका २ ठोसेका ५५ वर्षीय पुरुषको बुधबार ज्यान् गएको उल्लेख छ । उनलाई गत असार २ गते एन्टिजेन्ट विधिबाट गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण देखिएपछि गोकुलगंगा गाउँपालिकाको आइसोलेसनमा बसेका उनलाई निको नभएपछि थप उपचारको लागि काठमाडौं स्थित टेकु अस्पतालमा पठाइएको थियो । 

यो पनि पढ्नुहोस्-रामेछापमा थप एक वृद्धा महिलाको कोरोनाबाट ज्यान् गयोः यस्तो छ जिल्लामा कोरोनाको तथ्याङ्क ? (हेर्नुहोस्)

बुधबार जिल्ला अस्पताल रामेछापले जारी गरेको विज्ञप्तिमा २०२ जना संक्रिय संक्रमित पुगेको उल्लेख छ । 

जिल्ला अस्पतात रामेछाप र मन्थली नगरपालिकाले बुधबार जारी गरेको विज्ञप्ति हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार