पर्सि आइतबारदेखि रामेछाप प्रशासनबाट पुनः ‘पासपोर्ट’ सेवा सुचारु हुने

| मंसिर २१, २०८१ शुक्रबार

A A A
A A A

२१ मंसिर, रामेछाप । यही मंसिर ७ गते शुक्रवार देखि राहदानीको अनलाइन प्रणालीमा आएको समस्याका कारण अवरुद्ध भएको ‘राहदानी’ सेवा पर्सि आइतबारबाट सुरु हुने भएको छ । 

 

आज शुक्रवार जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै भनेको छ ‘राहदानी विभागबाट मर्मत भई पुनः सञ्चालनमा आएको हुँदा यस कार्यालयबाट राहदानी सम्बन्धी सेवा आइतबारदेखि सुचारु हुने छ’ ।

 

दुई हप्तादेखि राहदानी सेवा ठप्प हुँदा सेवाग्राही मार्मा परेका थिए । वैदेशिक यात्राको लागि योजना बनाइ रहेकाहरूको लागि सेवा अवरुद्ध हुँदा समस्या भएको थियो । रामेछाप प्रशासनमा पासर्पोट्को लागि धाउनेहरू पछिल्लो समय दैनिक बढ्दै गएका थिए ।