पत्रकार महासंघ रामेछापको अध्यक्षको लागि ४ जनाको उम्मेद्वारी दर्ता
२७ मंसिर, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको भोलि शुक्रवार हुने निर्वाचनमा अध्यक्ष पदको लागि ४ जनाको उम्मेद्वारी दर्ता भएको छ । एक स्वतन्त्रसहित ४ जनाको उम्मेद्वारी पारेको निर्वाचन समितिले जनाएको हो । अन्य सबै पदमा भने प्रेस संगठनहरुको संयुक्त गठबन्धनका टिम निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा नेपाल प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष समेत रहेका अप्रिल अधिकारीले युनियनबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्वरको रूपमा अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन् । अन्य तीन जना भने युनियनकै सदस्य रहेका दीपक कुमार घिमिरे, दीपक भट्ट र नवीन केसीले अध्यक्ष पदको लागि उम्मेद्वरी दर्ता गराएका हुन् । बुधबार (हिजो) निर्वाचन समितिले बिहान १० बजे देखि ५ बजे सम्म उम्मेद्वारी दर्ताको समय तोकेको थियो । सो समयमै उनीहरुले उम्मेद्वारी दर्ता गरेका हुन् ।
महासंघको निर्वाचन समितिका अनुसार बिहीबार आज अप्रान्ह्व सम्म उम्मेद्वरी फिर्ता लिन सकिने समय तोकिएको छ । चारै जना उम्मेद्वारहरुले आफूहरू उम्मेद्वरी फिर्ता नलिने अडान राख्दै आएका छन् । यद्दयपी बिहीबार प्रेस युनियन र उसका नेताहरूले उम्मेद्वारी दिएकाहरूसँग छलफल गर्ने योजना रहेको युनियन जिल्ला शाखाकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताइन् ।
युनियनले सम्भव भएसम्म सबै उम्मेद्वरहरुसंग छलफल गरेर सांगाठानिक रूपमा एउटै उम्मेद्वरलाई निश्चित गर्ने योजना रहेको उनको भनाई छ ।
जिल्ला शाखाका ४८ जना सदस्यले भोलि जिल्लाको अध्यक्ष पदसहित प्रदेश र केन्द्रिय नेतृत्व चुन्न मतदान गर्ने छन् ।