रामेछापका पत्रकार बि कलाई पृति शोक, महासंघ र युनियनद्वार शोक व्यक्त

| पुस १, २०८१ सोमबार

A A A
A A A

१ पुस, रामेछाप । रामेछापका पत्रकार रामचन्द्र बि कलाई पृति शोक परेको छ । उनका पिताको मंसिर ३० गते अचानक निधन भएको हो । 

 

जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल स्थित फ्रिकेम निवासी पत्रकार बि कका बुबा (पिता) मानबहादुर विश्वकर्माको ७९ वर्षको उमेरमा आफ्नै गाउँ भन्दा पारी उँधौली पर्वको अवसरमा जात्रा भर्न जाने क्रममा निधन भएको हो । 

 

गुम्देलमा जन्मिएर विगत एक दशक देखि सदरमुकाम मन्थलीमा आएर पत्रकारिता क्रियाशील रामचन्द्रका बुबाको मंगलबार परम्परा अनुसार लिखु खोलामा अन्त्येष्टि गरिएको छ । 

 

वृद्ध उमेरका मानबहादुरलाई कुनै दीर्घ रोग नभएको बताइएको छ । नेपाल पत्रकार महासंघ रामेछापको यही मंसिर २८ गते भएको ९ औँ जिल्ला अधिवेशनबाट सह–सचिवमा दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका रामचन्द्रलाई पृति शोक परेको हो । 

 

११ वर्ष पहिले रामचन्द्रले आमा गुमाइ सकेका छन् ।

 

यसैबिच सोमवार नेपाल पत्रकार महासंघ रामेछाप र रामचन्द्र आबद्ध पेशागत संगठन नेपाल प्रेस युनियन जिल्ला शाखाले सह–सचिव बि कको पृति शोक प्रति दुःख व्यक्त गरेका छन्। 

 

छुटाछुटै शोक पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ रामेछाप र युनियनकाले सह–सचिव विकको बुबा गुमाउनु पर्दा स्तब्ध र मर्माहत रहेको बताएको छ ।