पितृ शोकमा परेका पत्रकार बि कलाई महासंघ र युनियनको ‘साथ’

| पुस ६, २०८१ शनिबार

A A A
A A A

६ पुस, रामेछाप । पिताको शोकमा परेका नेपाल पत्रकार महासंघ रामेछाप शाखाका सह–सचिव रामचन्द्र बि कलाई महासंघ र प्रेस युनियन जिल्ला शाखाले ‘सान्त्वना’ प्रदान गरेको छ ।  

 

महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे, केन्द्रीय सदस्य नवराज पथिक, सचिव नवराज श्रेष्ठ, सह–सचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष युवराज श्रेष्ठ र कार्यसमिति सदस्य मिलन बि क (घिमिरे) सहितको टोलीले सह–सचिव बि कका बुबा मानबहादुर विश्वकर्माको निधन स्थल (सह–सचिव बिक) को निजी निवास गुम्देल फ्रिकेम पुगेर मृतक प्रति श्रद्धाञ्जली र परिवार जनमा समवेदना व्यक्त गरेका हुन् । 

 

महासंघको जिल्ला कार्यसमितिको तर्फबाट अध्यक्ष दीपक कुमार घिमिरे र करिब एक दशकदेखि जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशील रामचन्द्र आबद्ध नेपाल प्रेस युनियन जिल्ला कार्यसमितिको तर्फबाट युनियनको उपाध्यक्षसमेत रहेका कुमार श्रेष्ठले छुट्टा छुटै समवेदना पत्र शुक्रवार हस्तान्तरण गरेका हुन् । मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासंघका प्रमुख तथा प्रदाधिकारीहरुले पत्रकार बिकलाई दुःखमा साथमै रहेको ‘ढाडस्’ दिए ।

 

पत्रकार सह–सचिवका बुबाको गत मंसिर ३० गते सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको छिरिङखर्कमा जात्रा भर्न जाने क्रममा एक्कासि निधन भएको थियो ।