रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा युवा नेता कार्की नियुक्त
७ पुष, रामेछाप । रामेछाप नगर खेलकुद विकास समितिका अध्यक्षमा केदार कार्की नियुक्त भएका छन् । पूर्व जनप्रतिनिधि समेत रहेका कार्कीलाई नगर प्रमुख लवश्री न्यौपानेले नियुक्त गरेका हुन् ।
अघिल्लो कार्यकालमा नगरपालिकाको वडा नं ८ को वडा अध्यक्षमा निर्वाचित भएर सफल कार्यकाल सहित जिम्मेवारी निर्वाह गरेका युवा नेता कार्कीलाई नगर खेलकुद विकास समितिको जिम्मेवारी दिइएको हो ।
निवर्तमान वडा अध्यक्ष नेपाली काँग्रेस रामेछाप नगरपालिकाका उपसभापति र जिल्ला तेक्वान्दो संघका अध्यक्षसमेत रहेका युवा नेता कार्कीलाई खेलकुद विकास समितिमा नियुक्त गर्दै नगर प्रमुख न्यौपानेले सुस्ताएको नगरको खेलकुदको गतिविधिलाई चलायमान बनाउन आग्रह गरे ।