पत्रकार बोहरामाथि वडा अध्यक्ष कार्कीले ‘हातपात’ गरेको आरोप
१८ पुस, रामेछाप । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापका सचिव सागर बोहरामाथि हातपात भएको भन्दै कारबाहीको माग गरिएको छ । सचिव बोहराले आफूमाथि निर्वाचित वडा अध्यक्षले आक्रोशपूर्ण तरिकाले ‘हात हालेको’ बताएका हुन्।
बिहीबार (आज) बिहान मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले आफूमाथि आक्रोशित हुँदै हातपात गरेको पत्रकार एवं प्रेस युनियन रामेछापका सचिव समेत रहेका बोहराले गुनासो गरेका हुन् । प्रत्यक्षदर्शीहरुले भने दुई जनाबिच सामान्य विषयमा छलफल हुँदा भनाभन भएको र अध्यक्ष कार्कीले ‘हातले सामान्य हिर्काएको’को बताएका छन् ।
दोभानचौर खबर डटकमका सञ्चालक समेत रहेका पत्रकार बोहराले आफूमाथि ‘मन्थली नगरपालिकाबाट गत आर्थिक वर्षमा नगरका जनप्रतिनिधि र कर्मचारीले लिएको भ्रमण भत्ता लगायतको विषयमा सूचना माग गरेको र उक्त सूचनाको विषयलाई लिएर वडाध्यक्ष कार्कीले कफी खाने बहानामा बोलाएर गालीगलौज गर्दै हातपात’ गरेको बताएका हुन् । सो घटना घटेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल प्रेस युनियन रामेछापले घटना प्रति ‘घोर निन्दा’ गरेको छ ।
प्रेस युनियनकी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठले विज्ञप्ति जारी गर्दै ‘नागरिकलाई सुसूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि भएको उक्त घटना स्वतन्त्र प्रेस विरोधी कार्य भएको युनियनले ठहर गरेको’ उल्लेख गरिएको छ ।
पत्रकार बोहराले आफूमाथि ‘नियतबास त्यसो’ गरिएकाले कानुनी उपचार खोज्ने धारणा राखेका छन् ।
वडा अध्यक्ष कार्कीले भने आफूलाई भ्रष्ट्राचारी भन्दै हिँडेको दाबी गरेका छन् । पत्रकार बोहराले आफूलाई ‘सार्वजनिक स्थलमा वडा अध्यक्ष भ्रष्ट्राचारी भन्दै हिँडेको दाबी गर्दै भने ‘यदि भस्टचार गरेको आधार प्रमाण भए प्रमाणित गरियोस् हैन भने जुन सुकै मूल्य चुकाउनु नि तयार रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।’
उनले प्रेस युनियनले जारी गरेको प्रेस विज्ञप्ति प्रति इङ्गित गर्दै लेखेका छन् ‘सार्वजनिक बेजत गर्दै हिँड्ने अनि विज्ञप्ति । वडा अध्यक्ष कार्कीले भ्रष्ट्रारको आरोप लगाएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
यो हेर्नुहोस् प्रेस युनियनले जारी गरेको प्रेस विज्ञप्ति ।