रामेछापको सुकाजोरका दुई विद्यालयका ४५ विद्यार्थीलाई स्कुल ड्रेस र जुत्ता

| पुस २०, २०८१ शनिबार

A A A
A A A

२० पुस, रामेछाप । रामेछाप नगरपालिकामा स्थित ‘दीपबहादुर कार्की स्मृति प्रतिष्ठान’ ले दुई आधारभूत विद्यालयका बालबालिकालाई विद्यालय पोसाक र जुत्ता सहयोग गरेको छ । 

 

वडा नं ७ सुकाजोरका वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता समेत रहेका समीर कार्कीसहितको उपस्थितिमा (आवि) मुडे खोला र कालिका (आवि) बिर्ताका कूल ४५ जना विद्यार्थीहरूलाई दीपबहादुर कार्की स्मृति प्रतिष्ठान र (हेल्पफर जर्मन) को आर्थिक सहयोगमा उक्त सामाग्री प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं नेपाली काँग्रेस नगर सभापति कमल विक्रम कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

प्रतिष्ठानले केही समयता नगरभित्रका विभिन्न विद्यालयमा शैक्षिक सामाग्रीहरू प्रदान गर्दै आएको छ ।