भिरपानीमा मोरटसाइकल तोडफोड् र आगोलगाउने कार्की र खत्री पक्राउ, अदालत पेश गरिदै

| असार १०, २०७८ बिहिबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

१० असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मोटरसाईकल तोड्फोट् गर्ने दुई जना पक्राउ परेका छन् ।

 

मोटरसाईकल तोड्फोड् गरि फरार रहेका खाँडादेवी गाउँपालिका वडा नं.३ भिरपानी स्थायी घरभै वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत २८ वर्षीय पदम बहादुर कार्की र अर्का सोही स्थान बस्ने ३० वर्षीय लक्ष्मण खत्री रहेका छन् । 

 


उनीहरुले गत ८ गते अन्दाजी राति ११ बजेको समयमा पालिकाको वडा नं ३ भिरपानीको आँपचौर स्थित बाटोमा बा.१९ प ७१ नंम्बरको मोटरसाईकलमा आगजनी, र प्रदेश ३-०२-०१३ प १३ नंम्बरको मोटरसाइकलमा तोडफोड गरेका थिए ।

 

उनीहरुलाई पक्राउ गरि आजै सो अपराधको कसूरमा जिल्ला अदालत रामेछापबाट म्याद लिई अनुसन्धान सुरु गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक एवं सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।