रामेछापसहित देशका विभिन्न जिल्लामा भूकम्पको धक्का
सांकेतिक तस्बिर
२३ पुस, रामेछाप । रामेछापसहित देशका विभिन्न जिल्लामा बिहानै भूकम्पको धक्का गएको छ । मंगलबार (आज) बिहान ६ बजेर ५१ मिनेटमा गएको भूकम्प नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का महसुस गरिएको छ ।
भूकम्पको धक्का काठमाडौँसहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ लगायतका जिल्लामा समेत महसुस गरिएको स्थानीयहरूले जानकारी गराएका छन् ।
रामेछापको मन्थलीमा भूकम्पको धक्का महसुस गरेपछि स्थानीयहरू घरबाहिर निस्किएका थिए । थप विवरण आउन बाँकी छ ।