सुनका गरगहना र १६ लाख बढी रकम चोरी गर्ने रामेछापका दुईसहित ४ जना पक्राउ

| माघ ८, २०८१ मंगलबार

सांकेतिक तस्बिर
A A A
A A A

८ माघ, रामेछाप । काठमाण्डौंमा सुनका गरगहना र नगद ठुलो मात्रमा चोरी गर्ने रामेछापका दुई जनासहित चार जना पक्राउ परेका छन् । उनीहरूको साथबाट सुनका गरगहना र १६ लाख ५५ हजार नगद समेत प्रहरीले जफत गरेको छ । 

 

पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–९ ढुङ्गिनी बस्ने तीर्थबहादुर थापा मगर र दोरम्बा कै वडा नं ४ घर भई हाल काठमाण्डौं गोठाटार बस्ने ४३ का सुवास मगर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् । 

 

सूचना अधिकारी आचार्यका अनुसार महानगरपालिका वडा नं ११ भोटेबहाल स्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका गरगहना र नगद समेत चोरी गरेको घटनामा संलग्न भएको आशंकामा (सिसिटिभी) फुटेजमा देखिएको हुलियाको आधारमा खोजतलास गर्दै सिन्धुलीको मरिन गाउँपालिका वडा नं २ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३८ वर्षीय सुनिता तामाङ र खोटाङ रुपाकोट मझुवागडी नगरपालिका ९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ मोति चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा पक्राउ परेका हुन् । 

 

प्रहरीका अनुसार सोमबार उनीहरूलाई ललितपुरको विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो । 

 

पक्राउ परेका चार जनाको साथबाट स्वरूप परिवर्तन गरिएको १ तोला ७७ लाल सुन, बा.७१ प ७९९ नम्बरको हेलमेटसहितको स्कुटर, विभिन्न ब्राण्डका ११ थान मोबाइल र नगद ३० हजार पनि बरामद गरिइएको छ । साथै, चोरीमा प्रयोग भएको फलामको रड पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ । 

रामेछाप टाइम्स
| पुस २३, २०८१ मंगलबार