‘सिविस’ ले मन्थली र खाँडादेवीका १३९ जना सीमान्तकृत समुदायका विद्यार्थीलाई दियो शैक्षिक सामाग्री

| माघ २४, २०८१ बिहिबार

A A A
A A A

२४ माघ, रामेछाप । मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका १७ वटा विद्यालयका अति सीमान्तकृत तथा गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दुई स्थानीय तहका १ सय ३९ बालबालिकालाई उक्त गैर सरकारी संस्थाले शैक्षिक सामाग्री सहयोग गरेको हो । 

 

मन्थली नगरपालिकाका १४ वटा विद्यालयका ८७जना विद्यार्थीहरूले शैक्षिक सामाग्री पाएका हुन् । भने, खाँडादेवी गाउँपालिकाका ३ वटा माझी समुदायका विद्यालयका ५२ जना बालबालिका शैक्षिक सामग्री पाएका छन् । 

 

सिमानाकृत समुदायका दुई पालिकाका विद्यार्थीहरूलाई झोला, कपी, डटपेन, पेन्सिल, पेन्सिल कटर, ई लेजर, कलर पेन्सिल, ज्यामितिबक्स र क्यालकुलेटर लगायतका सामाग्री प्रदान गरिएको सिविसका जिल्ला परियोजना संयोजक तिलक कार्कीले बताए । 

 

उनका अनुसार बाढी प्रभावित खाँडादेवी वडा नं १ कोथबेमा रहेको देवी आधारभूत विद्यालयका ३७ जना र सुनकोसी आधारभूत विद्यालयका ९ जना बालबालिकालाई शैक्षिक सामग्रीका साथै न्यानो कपडा (स्विटर, जुत्तामोजा) समेत  उपलब्ध गराएको कार्कीले जानकारी दिए ।

 

स–सना बालबालिकाको पठनपाठनमा सहयोग एवं प्रोत्साहन गर्ने उद्देश्यले ती सामाग्री सहयोग गरेको सामाजिक परिचालक लालबहादुर माझीले बताए । शैक्षिक सामाग्री वितरणले सीमान्तकृत माझी र विपन्न समुदायका बालबालिकाको शिक्षण सिकाई प्रक्रिया र शैक्षिक उपलब्धिमा टेवापुग्ने अपेक्षा लिइएको उनको भनाई छ ।