बिहेमा जान्छु भनी घरबाट हिँडेका मन्थली पिप्लेका तामाङ मृत भेटिए

| फागुन ६, २०८१ मंगलबार

A A A
A A A

६ माघ, रामेछाप । केही दिन देखि सम्पर्क विहीन भएका मन्थली नगरपालिका–२ पिप्लेका एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा पिप्लेका अन्दाजी ५० वर्षीय अविवाहित महोनसिह तामाङ रहेका छन् । 

 

उनी गएको माघ २७ गतेदेखि  घरबाट फुलासी बिहेमा जान्छु भनी हिँडेका थिए । त्यसपछि कसैको सम्पर्कमा नआएका उनी गएको आइतबार ४ गते साँझ ६ :०० बजेको समयमा जिल्ला गोकुलगंगा गाउँपालिका ६ फर्पु थलाडाँडा स्थित जंगलको गोरेटो बाटोबाट अन्दाजी ३०र३५ मिटर लागेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

मृतक तामाङको शव प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको जिप्रका रामेछापको भनाई छ । 

 

रामेछाप घर भएका केही व्यक्ति पछिल्लो केही महिना यता एक्कसी विभिन्न ठाउँबाट सम्पर्क बिहिन हुने क्रम बढेको देखिएको छ ।