सिन्धुलीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मन्थलीका आचार्यसहित २ घाइते, आचार्यको अवस्था गम्भीर

| फागुन ९, २०८१ शुक्रबार

सांकेतिक तस्बिर
A A A
A A A

९ फागुन, रामेछाप । सिन्धुलीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मन्थलीका एक सहित २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ सुनारपानी बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य छन् । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।  

 

त्यस्तै, उक्त दुर्घटनामा जितपुर सिमरा उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिलप्रसाद चौरसियाका अनुसार घाइते आचार्यको अवस्था गम्भीर छ । उनीहरू दुवैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरी निरीक्षक चौरासियाले बताए ।

 

उनले काठमाडौँबाट विराटनगर जाँदै गरेको बीएसी १९७९ नम्बरको कारले कारको ठक्करबाट बर्दिबासबाट काठमाडौँ जाँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिए ।

रामेछाप टाइम्स
| फागुन १५, २०८१ शुक्रबार
रामेछाप टाइम्स
| फागुन १५, २०८१ बिहिबार