मलेसिया गएका रामेछाप गागलटारका एक युवाको निधन

| फागुन १५, २०८१ बिहिबार

A A A
A A A

१५ फागुन, रामेछाप ।  वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका रामेछापको खाँडादेवी गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । बुधवार (हिजो) मलेसियाको समय अनुसार दिनको १ बजेतिर ज्यान गएको खबर प्राप्त भएको उनको पारिवारिक स्रोतले रामेछाप टाइम्सलाई जानकारी दिएको हो । 

 

करिब ७/८ महिना अगाडि रोजगारीको शिलशिलामा मलेसिया पुगेका खाँडादेवी गाउँपालिका वडा नं ८ गागलटार निवासी सुनिल वाइबाको सुतेकै ठाउँमा निधन भएको अवस्थामा फेला पारिएको खबर प्राप्त भएको उनका दाइ सविन लामाले रामेछाप टाइम्सलाई बताए । ‘राति डिउटी सकेर आएर सुतेको र बिहान डिउटी जाने बेलामा सबै साथीहरू उठेको तर ऊ नउठेपछि बोलाउँदा मृत अवस्थामा भेटिएको खबर आयो’, दाइ सविनले रामेछाप टाइम्ससंग भने ।

 

तीन वर्ष अगाडि मात्रै विवाह गरी एक छोराका बाबु समेत रहेका उनको निधनको शोकले परिवार यहाँ विच्छिप्त बनेका छन् । आफन्ता मार्फत भिजा पठाएर रोजगारीको शिलशिलामा मलेसिया पुगेका सुनिलले यस अगाडि ठिकै रहेको बताउँदै आएका थिए । 

 

मेनपावरसंग टेलिफोनमा सम्पर्क भएको सुनाउँदै सविन लामा तामाङले भने ‘कुरा भएको छ । काठमाडौँ गएर थप प्रक्रिया अगाडि बढाउँछौँ ।’

रामेछाप टाइम्स
| फागुन १५, २०८१ शुक्रबार