शक्तिशाली भुकम्पकाे धक्का

१६ फागुन, रामेछाप । केही बेर अगाडि शक्तिशाली भुकम्पकाे झटका गएकाे छ । रामेछापको सदरमुकाम मन्थली देखि आसपासका विभिन्न जिल्लामा याे झट्का महसुस गरिएको स्थानीयहरुले बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाकाे लिस्टकाेट केन्द्र बिन्दु बनाएर ६.१ रेक्टर स्किलकाे भुकम्प गएको जानकारी प्राप्त भएको छ । भुकम्प २:५१ मिनेटमा गएको हाे । भुकम्पले कहाँ के गर्याे भन्ने बारेमा जानकारी आउन बाँकी छ ।
मन्थलीमा यतिबेला सबै जना घरबाहिर निस्किएर बसेका छन् ।