रामेछाप नामाडीका एक युवाको भक्तपुर हनुमन्तेमा शव भेटियो

| फागुन २६, २०८१ सोमबार

तस्बिर स्रोतःभरत खड्का
A A A
A A A

२६ फागुन, रामेछाप । रामेछाप गोकुलगंगाका एक युवाको भक्तपुर स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । उनको मृत्युको बारेमा थप केही खुलेको छैन ।

 

भक्तपुर नगरपालिका–१ सिर्जना नगरस्थित हनुमन्ते खोलामा गोकुलगंगा गाउँपालिका–५ नामाडीको कानीटार घर भई हाल जगाती बस्ने २१ वर्षीय रञ्जित (चङखे) को शव फेला परेको त्यहाँको प्रहरीले जनाएको हो । चङ्खे वीरबहादुर वि.कको कान्छो छोरा हुन् ।

 

शनिवार उनको शव फेला परेको र आइतबार मात्रै पहिचान भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए । ती युवकको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

आइतबार मृतककी दिदी सम्पर्कमा आएर शवको पहिचान गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । 

रामेछाप टाइम्स
| फागुन १५, २०८१ शुक्रबार
रामेछाप टाइम्स
| फागुन १५, २०८१ बिहिबार