स्ववियु निर्वाचन : अनेरास्ववियुले सुशील थापाको नेतृत्वमा दर्ता गर्यो उम्मेदवारी (प्रतिबद्धता पत्रसहित)

२७ फागुन, रामेछाप । नेकपा (एमाले) निकट विद्यार्थी संगठन (अनेरास्ववियु) ले सुशील थापाको सभापतित्वमा उम्मेद्वारी दिएको छ । नेविसंघले विपुल रोकाको नेतृत्वमा टिम दर्ता गरे लगत्तै दोस्रो नम्बरमा उम्मेदवारी दिन समय तोकिए पनि आन्तरिक तयारी नपुगेको भन्दै माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले अनुज भुजेलको नेतृत्वमा टिम दर्ता गरेपछि अनेरास्ववियुले यस अगाडि गठबन्धन तर्फका सचिवलाई हराउँदै सचिवमा जितेका सुशीललाई सभापतिको उम्मेदवार बनाउँदै उम्मेदवारी दिएको हो ।
अनेरास्ववियुले थापाको व्यक्तिगत मत निकै राम्रो भएको दाबी गर्दै भलियो भनिएका उम्मेदवारलाई अगाडि सारेको हो । त्यस्तै, सचिवमा सभापतिकै दाबी गरेका मुकेश भण्डारी (डेनिस) र कोषाध्यक्षमा नेतृ मसली तामाङलाई अगाडि सारेको छ ।
अनेरास्ववियुले सदस्यहरूमा यलिना माझी, स्वस्तिका सुवेदी, तुलसा उप्रेती, जीवन पहरी र मनोज श्रेष्ठको उम्मेदवारी दर्ता गराएको छ ।
यो हेर्नुहोस् अनेरास्ववियुको घोषणा एवं प्रतिबद्धता भन्दै सार्वजनिक गरिएको पत्र