रामेछापमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएर ८ हप्ता पुगेकाहरुलाई आज दोस्रो डोज लगाइने (सूचनासहित)

| असार ११, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

११ असार, रामेछाप । रामेछापमा आजदेखि कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाइने भएको छ । खोपको पहिलो डोज लगाएर कम्तिमा ८ हप्ता पुगेकाहरुलाई शुक्रबार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाउने तयारी भएको जिल्ला अस्पताल रामेछापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


पहिलो डोज लगाएका  स्वस्थ्यकर्मी, एम्बुलेन्स तथा शव बहान चालक, सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवाक कर्मचारी, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु, प्राधिकरणका कर्मचारी, सरसफाईकर्मचारी र पचास वर्ष भन्दा माथिका शिक्षकहरुलाई पनि खोप दिने जिल्ला अस्पतालले जनाएको छ ।

 

खोप लिन आफ्नो परिचय खुल्ने प्रमाणपत्र तथा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने जारी सूचनामा उल्लेख छ । 

सूचना हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार