फोनिज बागमती प्रदेश : रामेछापका युवराज श्रेष्ठको नेतृत्वमा यस्तो बन्यो ‘पूर्णटिम’

२ चैत, रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । पत्रकार महासंघ रामेछापको कोषाध्यक्ष समेत रहेका श्रेष्ठ जिल्लाका क्रियाशील पत्रकार हुन् ।
शनिवार सम्पन्न फोनिजको तेस्रो प्रादेशिक महाधिवेशनले पुनः श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सदस्य सुमित श्रेष्ठले उद्घोष गरे ।
शुक्रवारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महिला उपाध्यक्षमा काठमाडौँकी अनिता डङ्गोल, महासचिवमा काठमाडौँका राजु नापित, महिला सचिवमा मकवानपुरकी निशा गुरुङ, सचिव (संस्थागत) चितवनका हिरालाल गुरुङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ दोहोरिएका हुन् । श्रेष्ठको नेतृत्वमा बनेको टिममा अध्यक्ष र कोषाध्यक्ष दोहोरिँदा अन्य पदमा भने हेरफेर भएको छ ।
सदस्यमा बाबुकाजी श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ, रत्नकाजी प्रजापति, रवि महर्जन,जर्नेल घले, तेज नाहिरिङ्ग राई, श्यामलाल लामा र विशाल राज राई निर्वाचित भएको घोषणा गरिएको हो । उनीहरूलाई (फोनिज) का अग्रज समेत रहेका अमरधोज लामाले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सांसद आनन्द कुमार श्रेष्ठसहितको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाएका छन् । यो समितिको दुई वर्षे कार्यकाल हुने छ ।
त्यसैगरी सङ्घीय प्रतिनिधिमा सरस्वती श्रेष्ठ , राजेश रुम्बा लामा र श्याम राना मगर निर्वाचित भएका छन्। भने लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।
अनुशासन समितिको संयोजकमा काभ्रेका जगत तामाङ निर्वाचित हुँदा सदस्यमा काठमाडौँका प्रख्यात फोटो पत्रकार समेत रहेका प्रदीप कुमार श्रेष्ठ चयन भएका हुन् ।