नेविसंघ रामेछाप : एक सचिवसहित ३ सदस्य थप्यो, सांगाठानिक गतिविधिलाई सक्रिय पार्ने

| चैत ६, २०८१ बिहिबार

A A A
A A A

७ चैत, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा (अनेरास्ववियु) सँग नमिठो हार बेहोरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले जिल्ला कार्यसमितिमा एक सचिवसहित तीन सदस्य थप गरेको छ । स्ववियु निर्वाचन लगत्तै  बुधवार मन्थलीमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य कमान खड्का (दीपेन्द्र) र जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की), संगठनको केन्द्रिय सदस्यहरु समेतको उपस्थितिमा (नेविसंघ) जिल्ला अध्यक्ष विनोद बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले रेगन बुढाथोकीलाई जिल्ला कार्य समितिको सचिवमा मनोनीत गरेको छ । 

 

संगठनलाई चलायमान बनाउन विगत देखि उनीहरूले खेल्दै आएको भूमिकालाई मध्यनजर गर्दै दिइएको जिम्मेवारीमा एक कार्यकाल मन्थली क्याम्पसको स्ववियु सभापति भएका अविनाश कार्कीसहित स्ववियु सभापतिका उम्मेद्वार विपुल रोका र कोषाध्यक्ष पदकी उम्मेद्वार छाया तामाङलाई जिल्ला कार्यसमिति सदस्यमा अध्यक्ष बुढाथोकीले मनोनीत गरेको नेता युवराज थापा मगरले जानकारी दिए ।

 

उनका अनुसार स्ववियु निर्वाचनमा संगठनको तर्फबाट सचिवको उम्मेद्वार रहेका युवराज बुढाथोकीलाई क्याम्पसको इकाई सभापतिको जिम्मेवारी दिइएको छ । उनले स्ववियु सभापतिको आकंक्षा राखेका थिए । तर, सचिव बाध्य भएपछि संगठनको तर्फबाट सचिवको उम्मेद्वारी दिएको उनको तर्क छ । 

 

स्ववियु निर्वाचनको आन्तरिक समीक्षा सहित भएको उक्त कार्यक्रममा नेताहरूले आजै देखि संगठनका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । संगठनको आन्तरिक कमी कमजोरीलाई सुधार गर्दै प्रतिस्पर्धी संगठनहरुले क्याम्पससहित जिल्लाका विभिन्न क्षेत्रमा गर्ने कार्यमा राम्रोलाई समर्थ र नराम्रो भए खबरदारी गर्दै अगाडि बढ्ने विद्यार्थी नेताहरूले साझा धारणा बनाएका छन् । 

 

सोही अवसरमा नेविसंघको तर्फबाट स्ववियु निर्वाचनमा एक मात्रै प्रत्यक्ष तर्फको सदस्य जितेका कर्ण श्रेष्ठलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइँदै सम्मान गरिएको छ ।