दोरम्बा गाउँपालिकाले ल्यायो ६२ करोड ८३ लाख बजेट (तस्विर)

| असार ११, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

११ असार, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाले आगामी आर्थिक वर्षको २०७८ ७९ को लागि रु ६२ करोड ८३ लाख बजेट ल्याएको छ । बिहिबार गाउँपालिकाको नवौ गाउँ सभा पालिकाले आगामी वर्षको लागि आय तर्फ संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ रु १२ करोड ७३ लाख, राजस्व वाडफाडबाट ७ करोड ४७ लाख ९० हजार सशर्त अनुदान २० करोड ४९ लाख,  प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण तर्फ एक करोड ६४ लाख ४८ हजार, प्रदेश सरकार सशर्त तर्फ १ करोड १० लाख ५७ हजार , सामाजिक सुरक्षा तर्फ रु ९ करोड ५० लाख, प्रदेश सरकार समपुरककाट प्राप्त रकम २ करोड ९९ लाख ९७ हजार बजेट घोषण भएको हो। 

 


जसमा चालू आर्थिक बर्षमा खर्च नभई बाकी रहेको रकम करीब ३ करोड, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बापत २ करोड २६ लाख ८२ हजार १ सय ५३ रुपैयाँ २० पैसा, प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रमका लागि ३ लाख ८२ हजार र आन्तरिक आय ३० लाख गरि कुल रकम ६२ करोड ८३ लाख ५६ हजार १ सय ५३ रुपैयाँ २० पैसा हुने अनुमान गरेको छ ।
विनियोजन तर्फ चालुमा रु १६ करोड ९७ लाख ९० हजार र पुँजीगतमा रु ४५ करोड ८५ लाख ६६ हजार १ सय त्रिपन्न २० पैसा रकम विनियोजन गरिएको छ । चालुतर्फ  विनियोजित रकममा सेवा प्रवाह, तलब भत्ता लगायतका, सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षक तलबको लागि विनियोजन गरिएको छ  ।

 

 

पुँजीगत रकममा आर्थिक बिकासमा १ करोड ९६ लाख, सामाजिक बिकासमा रु ४ करोड ९० लाख, पुर्वाधार बिकासमा ६ करोड १७ लाख १९ हजार, वन वातावरण तथा विपद ब्यवस्थापनमा रु १ करोड, संथागत बिकास तथा वित्तीय ब्यवस्थापन ,वित्तीय जोखिम न्यूनीकरण र सुशासनमा न्यायीक समिति समेत रु ५८ लाख ६ हजार , लागत साझेदारी र जगेडा कोषमा रहेको रु ४ करोड बाट गाउँपालिकाको गौरवका आयोजना सन्चालन गर्ने लक्ष्य राखी रकम विनियोजन गरि कुल रकम रु ६२ करोड ८३ लाख ५६ हजार १ सय त्रिपन्न २० पैसा गाउँपालिकाको सन्चित कोषबाट खर्च गर्ने गरि विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष घिसिङले  घोषणा गरिन् । 

तस्विरहरु हेर्नुहोस्

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार