रामेछापको छतिवने खोलामा पहिचान नखुलेको महिलाको शव भेटियो

| चैत ८, २०८१ शनिबार

सांकेतिक तस्बिर
A A A
A A A

९ चैत, रामेछाप । रामेछापको छतिवने खोलामा पहिचान नखुलेको महिलाको शव भेटिएको छ । शवको पहिचान खुल्न सकेको छैन ।

 

शुक्रवार साँझ ५ बजेको समयमा लिखु तामाकोशी गाउँपालिका–६ खिम्ति र गोकुलगंगा गाउँपालिका–६ फर्पुको सिमाना हुँदै बग्ने छत्तिउने खोलाको माथिल्लो छाँगोमा पहिचान खुल्न नसकेकी रातो चोलो, निलोमा सेतो धर्काको गन्जी लगाएको मङ्गोलियन मूलकको जस्तो देखिने अन्दाजी ४५/५० वर्षीय महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो । 

 

‘सडिगली’ सकेको अवस्थामा फेला पारिएको उक्त शवलाई हाल सम्म पहिचान खुल्न नसकेको जिप्रका रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए । 

 

आफन्तको खोजतलास गर्दा हालसम्म कोही कसैबाट सनाखत हुन नसकेको शव हाल मन्थली अस्पतालको शव गृहमा राखिएको बताइएको छ ।