मन्थलीमा जुवाको खालबाट ५ जना पक्राउः १ लाख ९२ हजार ९५० रुपैयाँ नगद र १६ थान कौडा बरामत

| असार १२, २०७८ शनिबार

संकेतिक फोटो
A A A
A A A

१२ असार, रामेछाप । विश्वब्यापी माहामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैध रुपमा तास खेलीरहेका ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट एक लाख बढी नगद समेत बरामत भएको छ । 

 

उनीहरु रामेछापको मन्थली नगरपालिका १ बाट जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं १ का अन्दाजी ३२ वर्षीय चन्द्र बहादुर माझी, वडा नं ६ हात्तिटार बस्ने अन्दाजी ४० वर्षीय तेज बहादुर माझी, वडा नं ८ गाईखुरा बस्ने बस्ने अन्दाजी ४५ वर्षीय आईते माझी, वडा नं ९ पुरानागाउँ बस्ने अन्दाजी ३२ वर्षीय टिकाराज आरण र रामेछाप खाँडादेवी गाउँपालिका घर भैई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका १ बस्ने अन्दाजी ३८ वर्षीय नरेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

उनीहरुलाई शुक्रबार राति ११ः५० बजे तास खेली रहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको रामेछाप प्रहरीका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 

उनीहरु चन्द्र बहादुर माझीको घरमा जुवा खेलिरहेको अवस्थामै पक्राउ परेका हुन् । उनीहरुको साथबाट नगद रु १ लाख ९२ हजार ९ सय ५० रुपैयाँ र कौडा थान-१६ समेत बरामद् गरिएको श्रेष्ठले बताए ।