चट्याङ् लाग्दा रामेछापको टोकरपुरमा दाजु बहिनी सख्त घाइते

३१ चैत, रामेछाप । रामेछापमा आज दिउँसो चट्याङ् लाग्दा दाजु बहिनी घाइते भएका छन् । उनीहरूको उद्दार गरी थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।
जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ साल्मेका नन्दबहादुर थापा मगरको घरमा दिउँसो अन्दाजी १ बजेको समयमा परेको चट्याङ लाग्दा उनका १८ वर्षीय छोरा कुमार थापा मगर र ११ वर्षीय छोरी विनीता थापा मगर सख्त घाइते भएको वडा अध्यक्ष सन्तलाल थापा मगरले जानकारी दिए ।
उनका अनुसार चट्याङ लाग्दा दाजु बहिनीको पुरै शरीरको भाग डढेको छ । साथै, घरको ढोका, मिटर बक्स सबै छते बिछेत भएको छ ।
चट्याङ लागेर सख्त घाइते दाजु बहिनीलाई पालिका स्थित टोकरपुर स्वास्थ्य चौकीबाट प्राथमिक उपचार गरी थप उपचारको लागि पालिकाको एम्बुलेन्स मार्फत काठमाण्डौं लगिएको वडा अध्यक्ष थापा मगरले जानकारी दिए ।