जिल्ला प्रहरी कार्यालय रामेछापमा राखियो थुनुवाहरुको लागि दुई वटा टेलिभिजन

| असार १२, २०७८ शनिबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

१२ असार,रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न अपराधिक घटनामा कैद् भुक्तान गरिरहेका थुनुवाहरुको लागि टेलिभिजन सेवा उपलब्ध गराइएको छ । 

 

शनिबार जिल्ला प्रहरी कार्यालय रामेछापमा दुई थान टेलिभिजन राखिएको हो । थुनुवाहरुको आचरण सुधार र नयाँ साकारात्मक कुराहरु सिक्ने सुविधा होस् भनेर सो ब्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनसार थुनुवाहरूलाई सकरात्कम बाटो तर्फ डोहोर्याउन मदत् पुगोस् भन्ने उदेश्यले टेलिभिजन हेर्ने र केही किताब पढ्नेको ब्यवस्था गरिएको हो । शनिबार बिहान प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले टेलिभिजन हेर्न सक्ने ब्यवस्थाको शुभारम्भ गरेको उनले बताए । 


"आज हामीले थुनुवाहरुको आचरणमा परिवर्तन होस् भन्ने उदेश्यले दुई वटा टेलिभिजन सेट र केही थान किताबहरुको सिडियो सापको हातबाट शुभारम्भ गरेका छौं डिएसपी ढुङ्गानाले भने ।"
लामो समय सम्म जेल भित्र बस्दा उनीहरुमा पनि सकारत्मक विचार र भावना पैदा होस भनेर सेवा दिएको प्रहरीको भनाई छ । 
तस्विरहरु

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार