रामेछापको रजगाउँमा करेन्ट लाग्दा लिखु तामाकोशीका युवाको ज्यान गयो

७ वैशाख, रामेछाप । मन्थलीमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । उनको शव अहिले मन्थली अस्पतालमा राखिएको छ ।
शनिवार साँझ करिब ६ बजेको समयमा खाँडादेवी गाउँपालिका–४ रजगाउँमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा लिखु तामाकोशी गाउँपालिका वडा नं ५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको निधन भएको जिल्ला प्रहरी प्रवक्ता विश्वनाथ यादवले रामेछाप टाइम्सलाई बताए ।
‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको र मृतकको शव मन्थली अस्पतालमा रहेको छ’ प्रहरी निरीक्षक यादवले भने ।