एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रामेछापको अध्यक्षमा ओमप्रकाश श्रेष्ठ

२७ वैशाख, रामेछाप । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रामेछापको अध्यक्षमा ओम प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । पछिल्लो पटक नेकपा (एमाले) रामेछापले आफू मातहतका सबै सङ्गठनहरूको जिल्ला, पालिका देखि वडा र टोल सम्मका विभिन्न सङ्गठनहरूको नयाँ कमिटी निर्माण गर्दै आइरहेको छ ।
शनिवार (आज) भएको महासंघको तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको एमाले रामेछापका सचिव प्रकाश कार्कीले जानकारी दिए । कार्यक्रममा एमाले जिल्ला कमिटीका सचिव कार्कीसहित अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।
उनका अनुसार जिल्ला कमिटीको उपाध्यक्ष संजय कुमार खडका, महिला उपाध्यक्षमा कमला खडका सर्व सहमतिमा चयन भएका हुन् ।
त्यस्तै सचिवमा बलबहादुर केसी, सह–सचिवमा तारा बहादुर योन्जन निर्वाचित हुँदा कोषाध्यक्षमा तारादेवी खड्काले जिम्मेवारी पाएकी छिन् ।
त्यस्तै, सदस्यमा पूर्णबहादुर बराइली, नेमा ध्याम्चो लामा, नवराज श्रेष्ठ, मिना ढुङ्गेल, जानुका कँडेल, अन्जना कार्की, लोकबहादुर श्रेष्ठ, तेजराम खत्री र सरिता भण्डारी चयन भएका छन् ।