उमाकुण्ड गाउँपालिकाले दियो भोलि र पर्सी बिदा

२८ वैशाख, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले भोलि सोमबार र पर्सी मंगलबार सार्वजनिक बिदा दिएको छ । आज एक सूचना जारी गर्दै दुई दिने बिदा दिइएको जानकारी गराएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जारी गरेको पत्रमा भनिएको छ ‘पालिकामा किराँत लगायत अन्य समुदायले मनाउने उभौली पर्व (स्याँदर पिदार) को अवसरमा ३० र ३१ गते थप २ दिनका लागि गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार स्थानीय पर्व बिदा दिइएको’ छ ।
भोलि सोमबार २९ गते उभौली पर्वमा नेपाल सरकारले समेत बिदा दिँदै आएको छ । सरकारी बिदासँगै उमाकुण्डमा स्थानीय बिदा समेत थपेर बिदा दिएको जानकारी गराइएको हो ।
उमाकुण्डमा भोलि अर्थात् उभौली पर्वको विशेष अवसरमा सुनुवार जातीले चण्डीपूर्णिमा भव्यताको साथ मनाउँदै आएका छन् । प्रिती ४ मा उमाकुण्ड २,३,४,५,६ र ७ का सुनुवार जातिहरुले भव्य जात्रा आयोजना गरी चण्डीपूर्णिमा मनाउँदै आएका छन् । जात्रा एवं मेला भर्नलाई ओखलढुङ्गा, सोलुखुम्बु सहित आसपासका भक्तजन, दर्शनार्थीहरु पुग्ने गरेका छन् ।