सुनापति र खाँडादेवी गाउँपालिकाको बजार अनुगमन्ः पहिलो पटक टोली पुग्दा ब्यापारी अल्मलमा

| असार १२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A


१२ असार,रामेछाप । घरेलु तथा साना उद्योग कार्यालय रामेछापको अगुवाइमा बजार अनुगमन गरिएको छ । शुक्रबार जिल्लाको खाँडादेवी र सुनापति गाउँपालिकाभित्र संचालित् पसल तथा होटलहरुको अनुगन गरिएको घरेलु तथा साना उधोग कार्यालयका प्रमुख एवं वरिष्ठ उधोग अधिकृत मेघनाथ गौतमले जानकारी दिए ।

 

उनका अनुसार गाउँपालिकाको सित्खा, लुभुघाट, सुनापतिको डहु, हिलेदेवी र खाडाँदेबी र सुनापतिको सिमानामा रहेको गाल्पा बजारको अनुगमन गरिएको हो । पहिलो पटक बजार अनुगमन् गरिएको ठाउँमा एक साताको समय दिएर ब्यवसाय संचालन गर्ने भनिएको छ । भने विगतमा पनि अनुगमनको क्रम्मा दर्ता गर्न आग्रह गरेका पसलहरुलाई सुझावलाई अटरी गरेको भन्दै निषेधीत सामाग्री जफत गरिको घरेलु कार्यालयका वरिष्ठ कृषि अधिकृत गौतमले बताए । 

 

स्थलगत् अनुगमन टोलीका सदस्य एवं उधाेघ वाणिज्य सघ रामेछापका वाणिज्य उपाध्यक्ष दामोदर थापाले रामेछाप टाइम्मलाई बताए अनुसार खाँडादेवी गाउँपालिकाको सित्खामा पहिलो पटक अनुगमन् टोली पुग्दा स्थानीय ब्यपारीहरु अल्मलमा परेका थिए । स्थानीय ब्यपारी कतिपएलाई त दर्ता गरेर मात्र ब्यवसाय संचालन गर्नु पर्ने जानकारी समेत नभएको पाइएको देखिएको उनले बताए । साथै दर्ता भएर संचालनमा रहेका व्यवसायहरु पनि न्युन रहेको पाइएको छ ।

 

पहिलो पटक अनुगमन् भएकाले सुझाव दिएको र ब्यवस्थीत र कानुनी प्रक्रिया पुर्याएर ब्यवसायीक बन्न आग्रह गरेको उनले बताए । बजारहरुमा ब्यवसायीक आचार संहिता पालन कम देखियो, सुर्ती जन्या र मदिरा जन्य पदार्थ खुलेआम रुपमा बेचिएको पाइयो, खुलेआम बेचेका मदिरा जन्य र सूर्तीजन्य वस्तु जफत् पनि गर्यो थापाले रामेछाप टाइम्ससंग भने ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार