राकाथुमका २६ घरपरिवारलाई वडाले दियो सिलाई मेसिन,वल्डिङ मेसिने र हाते कल (पाउनेको नामावाली)

| असार १३, २०७८ आइतबार

फाइल फोटो विष्णु श्रेष्ठको फेस्बुकबाट साभार
A A A
A A A

१२ असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमकाले दलित समुदायका घरपरिवारलाई उनीहरुको सिप र आवश्यकता अनुसार उपकरण हस्तान्तरण गरेको छ । 

 

शनिबार वडा अध्यक्ष विष्णू श्रेष्ठले दिएको जानकारी अनुसार वडाभित्रका सिप भएका दलित घरपरिवारलाई लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट १४ वटा हाते कल, ७ वटा सिलाई मेसिन र ५ वटा वेल्डिङ् मेसिन खरिद् गरि हस्तान्तरण गरिएको हो । वडाले सबै सामाग्री कूल २६ घर परिवारलाई प्रदान गरेको हो । 

 

दलित लक्षित कार्यक्रम अन्तर्गत पिपलटार स्थित दलित परिवारलाई शनिबार सामाग्री हस्तान्तरण गरिएको उनले बताएका हुन् । दलित परिवारको सिप प्रति आकर्षण होस् भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको भन्दै अध्यक्ष श्रेष्ठले यसले दलित समुदायमा विपन्न परिवारको आय आर्जनमा थप टेवा पुर्याउने विश्वास ब्यक्त गरे ।

 

त्यस्तै उनले सामाग्री पाएसंगै उनीहरु आत्मनिर्भर बन्नेमा विश्वास्त रहेको बताए । 

सामाग्री पाउनेको नामावाली हेर्नुहोस्
सिलाई मेसिन तर्फ

  1. लेख बहादुर नेपाली 
  2. केशर बहादुर नेपाली
  3. खड्ग बहादुर नेपाली 
  4. बिष्णु माया दमाई
  5. गम्बिर नेपाली
  6. ध्रुव नेपाली
  7. कान्छा नेपाली

वल्डिङ मेसिन अन्तर्गत

  1. गोरे बि.क. 
  2. इन्द्र बहादुर बि.क.
  3. मैयाँ बि.क 
  4. वल बहादुर बि. क 
  5. रोज बहादुर कामी

हाते कल तर्फ 

  1. इन्द्र बहादुर बि.क
  2. नेत्र बहादुर बि.क. 
  3. टेक बहादुर बि. क 
  4. गोरे बि. क.
  5. वल बहादुर बि. क
  6. दिल बहादुर बि.क
  7. राजकुमार बि.क 
  8. गोरे कामी
  9. रुद्र बहादुर बि.क
  10. हुतिकारी कामी
  11. पूर्ण बहादुर खाती
  12. बल बहादुर खाती
  13. अमर बहादुर कामी
  14. जीत बहादुर बि.क
रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार