एमाले निकट नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा  घिसिङ निर्वाचित

| जेठ १४, २०८२ मंगलबार

A A A
A A A

१३ जेठ, रामेछाप । नेकपा (एमाले) निकट खेलकुद कमिटी नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेजराज घिसिङ  निर्वाचित भएका छन् । सहमतिमै उनी अध्यक्ष बनेका हुन् । एमाले रामेछापले पुरुषोत्तम कडरियारको नेतृत्वमा जिल्ला कमिटी बनाएपछि मातहतका विभिन्न कमिटीको अधिवेशन गर्दै नेतृत्व दिइरहेको छ । विगतमा नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाका सभापति रहेका तेज घिसिङ काँग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा गएका थिए । त्यसपछि उनी खेलकुद कमिटीको पालिका अध्यक्ष बनेका थिए । उनी खाँडादेवी निवासी हुन् । 

 

मंगलबार मन्थलीमा सम्पन्न महासंघको तेस्रो जिल्ला सम्मेलनबाटनयाँ जिल्ला कमिटीमा सुदिप सुनुवार र रमेश चापागाईँ उपाध्यक्षमा चयन भएका हुन् । नेकपा एमाले जिल्ला कमिटीका नेताहरू लगायतको उपस्थितिमा भएको महासंघको पालिका कमिटीको सचिवमा राजकुमार केसी चयन भएका छन् । 

 

त्यस्तै, रोशन राउत र प्रेम बहादुर पुवाँर उप–सचिवमा निर्वाचित भएको नेकपा एमाले रामेछापले जनाएको छ । कमिटीको कोषाध्यक्षको जिम्मेवारी गौतम आरणले सम्हाल्ने भएका छन्।

 

पार्टीको आन्तरिक गतिविधि खेलकुदको मद्यमाबाट अगाडि बढाउन भूमिका खेल्दै आएको जिल्ला कमिटीको सदस्यमा मोहोन कार्की, प्रलाद कटुवाल, मदन रायमाझी, उमेश श्रेष्ठ, के बि सुनुवार र राधिका कार्की चयन भएको जानकारी गराइएको छ । 

 

सम्मेलनमा जिल्लाभरिका खेलकुद प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नव(निर्वाचित कार्यसमितिले जिल्लामा खेलकुद विकास र युवा सहभागिता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार