स्ववियुलाई आँच पुर्‍याएको भन्दै मन्थली क्याम्पसका उपसभापति केसीलाई ‘कडा कारबाही’, परे निलम्बनमा

| जेठ १७, २०८२ शुक्रबार

सांकेतिक तस्बिर
A A A
A A A

१६ जेठ, रामेछाप । रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको (स्ववियु) उप–सभापति निलम्बनमा परेका छन् । क्याम्पसका स्ववियु सभापति सुशील थापा र सचिव मुकेश भण्डारी (डेनिश) ले उप–सभापति उत्सव केसीलाई स्ववियु समितिमा आँच आउने कार्य गरेको भन्दै निलम्बन गरेका हुन् । 

 

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को लेटर प्याडमा सभापति थापा र सचिव भण्डारीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ‘क्याम्पस शिक्षकप्रति गरेको व्यवहार र स्ववियुको गरिमामा आँच आउने कार्य गरेको प्रमाणको आधारमा स्ववियु कार्य समितिको नियमावलीको परिक्षत–८२ तथा धारा ३५३ बमोजिम अर्को निर्णय नभएसम्मका लागि उपसभापतिको पदबाट निलम्बन गरिएको छ’ ।

 

करिब एक महिना अगाडि मात्रै उपसभापतिमा नियुक्त भएका केसीलाई आफू निकट कै विद्यार्थी संगठनका सभापति र सचिवले कारबाही गर्दै निलम्बित गरेका हुन् । ‘निलम्बन अवधि भर कुनै पनि स्ववियु सम्बन्धी कुनै गतिविधि तथा अधिकार प्रयोग गर्न अयोग्य ठहरिने छ’ । 

 

मिलन घिमिरे (बि क)
| जेठ १४, २०८२ मंगलबार