रामेछापको नामाडीमा विद्युत् सर्ट भएर एक घरमा आगोलागी

| जेठ २०, २०८२ सोमबार

सांकेतिक तस्बिर
A A A
A A A

१९ जेठ, रामेछाप । रामेछापको नवमाडीमा विद्युत् सर्ट भएर आगो लाग्दा एक घर पूर्ण रूपमा जलेको छ । उक्त घटनामा मानवीय क्षति भने भएको छैन । 

 

सोमबार दिउँसो करिब २ ः ४५ बजे तिरको समयमा गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीमा स्वयम बहादुर खड्काको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घरमा आगो लागेको हो । बिजुली सर्ट भई लागेको आगोबाट घर पूर्ण रूपमा क्षति ग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका हुन् । आगो स्थानीय जनप्रतिनिधिसहित स्थानीय र प्रहरी समेतको सहभागितामा करिब डेढ घण्टापछि नियन्त्रणमा लिइएको छ ।

 

मानिसहरू बसोबास नगर्ने उक्त घरमा लागेको आगोलागिबाट ६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको दाबी गरिएको छ । 

 

वर्षा लाग्नै लाग्दा समेत बिजुली सर्ट भएर आगो लागि भएको हो । यता जिल्ला विपद् व्यवस्थापन समितिमा भने आज नै विपद् पूर्व तयारी बारेमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक श्याम कृष्ण थापासहितको उपस्थितिमा सरोकारवालाहरूको बैठकबाट नजिकिएको बर्खाको पूर्व तयारीका बारेमा छलफल गरिएको छ।  

मिलन घिमिरे (बि क)
| जेठ १४, २०८२ मंगलबार