रामेछापको हिमगंगामा भिनाजुले सालोको बीभत्स हत्या गरे

| जेठ २८, २०८२ मंगलबार

सांकेतिक तस्बिर
A A A
A A A

२७ जेठ, रामेछाप । रामेछापको बोलङबोलङ्मा आफ्नै भिनाजुले सालोलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेको छन् । स्रोतका अनुसार हत्या गरी फरार भएका भिनाजुले नियन्त्रणमा आएपछि घटनामा संलग्न भएको स्वीकार गरेका हुन् । 

 

आज मंगलबार दिउँसो अन्दाजी ३ ः ३० बजे तिरको समयमा घरमा नानीहरू हेरेर बसिरहेका रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाको बोलङबोलङ निवासी लव कुमार थापा मगरलाई भिनाजु (नाम गोप्य) ले खुकुरी प्रहार गरी ज्यान लिएको अवस्थामा फेला पारिएको हो । 

 

घटनास्थलबाट रामेछाप टाइम्ससंग कुरा गर्दै एक स्थानीयले भने ‘आज दिउँसो ३ ः ३० तिर घरमा नानी हेरेर बसेका थापा मगरलाई खुकुरी प्रहार गरी (कानको लोती सिधा मुनी) प्रहार गरी अन्दाजी ५३ वर्षीय थापा मगरको हत्या भएको हो ।’

 

श्रीमती बाख्रा चनाउन जंगल गएको र गाउँका मानिसहरू बालमैत्री घोषणा कार्यक्रमको लागि वडामा भेला भएको मौका पारी सालोले खुकुरी र हम्बर प्रहार गरी ज्यान लिएको स्वीकार गरेको खबर घटनास्थलमा प्राप्त भएको स्थानीयको भनाई छ । 

 

हत्यामा संलग्न व्यक्तिलाई केही बेर अगाडि सिन्धुली जिल्लाको च्याखुटारबाट नियन्त्रणमा लिएको र उनले हत्या गरेको स्वीकार गरेको जानकारी आएको ती स्थानीयको भनाइ छ । ‘उसले हम्बर र खुकुरीले हानेर ज्यान लिएको स्वीकार गरेको यहाँ जानकारी आएको छ । तर, मृतकले प्रतिकार गरेको जस्तो घटनास्थलले देखिँदैन ।’

 

१०÷१२ दिन अगाडि देखि सामान्य पारिवारिक विषयमा विवाद भएको बाहेक अन्य ठुलो विवाद नसुनिएको बताउँदै घटनास्थललाई साँघुटार प्रहरीले नियन्त्रणमा लिएको र जिल्लाबाट प्रहरीको टोली त्यस तर्फ गइरहेको जानकारी प्राप्त भएको हो ।

 

केही हप्ता पहिले मात्रै जिल्लाको मन्थली नगरपालिका–१२ गेलुमा पनि ससुराले आफ्नै बुहारीको खुकुरी प्रहार गरी ज्यान लिएका थिए । 

 

यस अगाडि थापा मगर हुनु पर्ने र भिनाजुले सालोको हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छः स

मिलन घिमिरे (बि क)
| जेठ १४, २०८२ मंगलबार