एकचिम्टी सिन्दुर सिउदोमा छर्न पाएभने !
दिपक बहादुर खड्का
एकचिम्टी सिन्दुर सिउदोमा छर्न पाएभने!
तिम्रैसाथमा तिम्रैकाखमा म मर्न पाएभने!
जिन्दगी केछ मरेर लानु बाचुन्जेल त होनि,
माया अनि ममता तिमी संग भर्न पाएभने!
केनै गर्नु छ र सुखदुःख बराबरी बाडौला,
यदि तिमीसगै जीबन यात्रा गर्न पाएभने!
सोचेजस्तो भनेजस्तो घरबार जोड्न सक्छु,
बिरानो ठाउँबाट अन्त कतै सर्न पाएभने!
एउटा रथमा दुई पाङग्रा भनेजस्तै यात्रामा,
यो सारा जीबन तिम्रो साथमा पर्न पाएभने!
झलमल्ल स्वर्गजस्तै हुन्थ्यो हाम्रो जीबनपनि,
एकाअर्काको सुखदुःख बुझ्दै तर्न पाएभने!
लेखक दिपक बहादुर खड्का, गोकुलगंगा गाउँपालिका बेताली-४ रामेछाप