लागू पदार्थ सेवन गरी मोटरसाइकल र ट्रक हुइँक्याउने तीन जनालाई रामेछाप ट्राफिक प्रहरीले नियन्त्रणमा लियो

| असार १६, २०८२ सोमबार

तस्बिर स्रोत जिल्ला ट्राफिक प्रहरी ।
A A A
A A A

१६ चैत्र, रामेछाप । रामेछापको मन्थलीमा लागू पदार्थ सेवन गरी सवारी चलाउने तीन जनालाई ट्राफिक प्रहरीले सवारीसहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । चार घण्टा सम्म गरिएको चेकजाँचको क्रममा ती व्यक्तिहरूलाई लागू पदार्थ सेवन गरी गाडी चलाइरहेको फेला पारिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिइएको हो । 

 

सोमबार जिल्ला प्रहरी कार्यालय रामेछाप र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा मन्थली स्थित जिल्ला सदरमुकाम मन्थली भित्रिने मुख्य प्रवेशद्वार भैशेश्वर चेकपोष्टमा मन्थली अस्पतालको समन्वय तथा सहयोगमा गरिएको लागू पदार्थ सेवन (लापासे) चेक जाँचको क्रममा ३५ वटा साना तथा ठुला सवारी साधनहरू चेकजाँच गर्दा दुई जना मोटरसाइकल चालक र एक जना ट्रक चालकले लागू पदार्थ सेवन गरी सवारी साधन चलाइ रहेको अवस्थामा भेटिएकाले तीनै जनालाई सवारीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

जिल्ला प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुख समेत फेरिएर नयाँ आएपछि भएको पछिल्लो चेक जाँचमा दिउँसै लागू पदार्थ सेवन गरी सवारी चलाएको भेटिएपछि तीन जलाई ठाउँको–ठाउँ नियन्त्रणमा लिइएको बुझिएको छ । यस अगाडि विगतमा पनि केही व्यक्तिरहरु लापसे सेवन गरी सवारी साधन चलाइरहेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

 

बर्खा याममा बाटो हिलो हुने, मौसम, सवारीको चाप लगायत विविध कारणले दुर्घटना बढ्ने जोखिम हुँदा हुँदै व्यक्तिहरूले लागू पदार्थ सेवन गरी सवारी चलाउँदा थप जोखिम बढ्न सक्ने दाबी गरिएको छ ।