ठोसेमा फेरि एक हप्ता लकडाउन थप (सूचनासहित)

| असार १३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा फेरि एक हप्ता लकडाउन लागू गरिएको छ । 

 

गत असार ८ गते राति १२ बजेदेखि लागू हुने गरि आज (आइतबार) राति १२ बजेसम्म पालिकाको वडा नं २ ठोसेमा निषेधाज्ञा जारी गरिएको थियो । वडामा कोरोना संक्रमण स्थानीयहरुमा तिवृ रुपमा फैलिएपछि वडाभरि लागू हुने गरि पूर्ण निषेधाज्ञा जारी गरिएको थियो ।

 

सो क्रम अजै पनि नहटेपछि आज (आइतबार) राति १२ बजेदेखि लागू हुने गरि आउदो १८ गते राति सम्मको लागि निशेधाज्ञा थप गरिएको पालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले जारी गरेको सूचनामा उल्लेख छ।  

यो पनि पढ्नुहोस्-ठोसेमा १३ गतेसम्म पूर्ण निषेधाज्ञा जारी (सूचनासहित)


सो ठाउँका एक पुरुषको कोरोना संक्रमणका कारण काठमाडौंमा उपचारको क्रममा  ज्यान गएको थियो । 

सूचनामा हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार