हाल सम्म रामेछापमा कूल जनसंख्याको ४७ प्रतिशत मात्रै स्वास्थ्य बीमाको पहुँचमा: नवीकरण नगर्नेको दर बढ्दो,यस्तो गर्ने लक्ष्यमा बोर्ड ?

| साउन ८, २०८२ बुधबार

A A A
A A A

७ साउन, रामेछाप । रामेछापमा हाल सम्म करिब ४७ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बीमाको पहुँचमा जोडिएका छन् । बिमा बोर्ड रामेछापले रामेछाप टाइम्सलाई उपलब्ध गराएको विवरण अनुसार आइतबार सम्म कूल जनसंख्याको ४७.६६ प्रतिशत जनसंख्याले मात्रै बीमा गराएको पाइएको हो । 

 

बीमा बोर्ड रामेछापका अनुसार आइतबार सम्म ८१ हजार एक सय ७१ जना स्वास्थ्य बीमाको पहुँचमा जोडिएका छन् । यो संख्या बीमा गराएकाहरू मध्य सफ्टोयरमा इन्ट्रि गराएकाहरूको मात्रै हो । आर्थिक वर्ष सकिएर नयाँ सुरु भयसँगै (२०८२/०८३) यति बेला धमाधम नवीकरण गर्दै इन्ट्रि गराउने काम भइरहेको बोर्डको मन्थली कार्यालयले जनाएको हो । यसरी आइतबार सम्म इन्ट्रि गरिएका मध्ये ३८ हजार ७९५ जना पुरुष र ४२ हजार ३७५ जना महिला रहेका छन् । 

 

बोर्डको जिल्ला संयोजक सुनिता श्रेष्ठका अनुसार जनसंख्याको आधारमा सबै भन्दा सुनापति गाउँपालिकाले ८१ प्रतिशत अर्थात् ११ हजार ९६० जनाको बिमा गराइसकेको छ । यो पालिकामा २०७८ सालको पछिल्लो जनगणना अनुसार १४ हजार ६५८ जना जनसंख्या रहेको तथ्याङ्क छ । 

 

त्यस्तै, जनसंख्याको आधारमा सुनापति पछि मन्थली नगरपालिकामा ६३.३८ प्रतिशत जनसंख्या बीमाको पहुँचमा जोडिएको पाइएको छ । सबै भन्दै धेरै ३९ हजार ६९५ जना जनसंख्या रहेको मन्थली नगरपालिकामा २५ हजार ५०४ जनाको बीमा गरिएको बीमा बोर्ड रामेछापले जानकारी दिएको हो । 

 

जनसङ्ख्याकै आधारमा मन्थलीपछि रामेछाप नगरपालिकाले ५८.६१ प्रतिशत अर्थात् १४ हजार ७२२ जनाको बिमा गराएको छ । २४ हजार ९ सय ७१ जना जनसंख्या रहेको यो नगरले दलित, विपन्न र ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य बीमा गराउँदा बीमा गराउनेहरूको संख्या बढेको बुझिएको छ । यो वर्ष पनि बीमा गराउन नगर लागि परेको त्यहाँका स्थानीय तहको भनाई छ ।

 

तथ्याङ्ककी तुलनामा पछिल्लो समय धेरै सूचकमा पछि परेको खाँडादेवी गाउँपालिकामा स्वास्थ्य बिमामा भने केही अग्र स्थानमा देखिन पुगेको छ । १९ हजार ३१२ जनसंख्या रहेको खाँडादेवीमा कूल जनसंख्याको ४१.२० प्रतिशत अर्थात् ७ हजार ९८८ जनाको स्वास्थ्य बीमा भएको रामेछाप बीमा बोर्डकी संयोजक श्रेष्ठले बताइन् । 

 

जिल्लाभर ६१ जना दर्ता सहयोगीबाट धमाधम भइरहेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत लिखु तामाकोशी गाउँपालिकामा कूल जनसंख्याको ३४.०७ प्रतिशत जनाले बीमा गराएका छन् । बोर्डका अनुसार १८ हजार ३२५ जना जनसंख्या मध्ये त्यहाँ ६ हजार ३६३ जनाको बीमा गरिएको हो ।

 

जिल्लाकै दुर्गम पालिकाको पहिचान बोकेको उमाकुण्ड गाउँपालिकामा पनि बिमा गर्नेको संख्या बढ्दै गएको दर्ता सहयोगीहरू बताउँछन् । पछिल्लो समय सरकारले लागू गरेको स्वास्थ्य (बिमा नीति) ले पनि स्थानीयहरूलाई बिमा तर्फ लोभ्याउँदै गएको गुम्देलका स्थानीय भीमबहादुर घिमिरे बताउँछन् । ‘बिमा गराएपछि उपचार गर्न निकै सहयोग पुग्ने रहेछ ।’ १६ हजार ५९० जनसंख्या रहेको उमाकुण्डमा हाल सम्म कूल जनसंख्याको २२.०५ प्रतिशत मात्रै जनसंख्या बिमामा जोडिएको भए पनि यो वर्ष धेरै सुधार हुन सक्ने दाबी बोर्डको छ । 

सडक पूर्वाधारसहित पूर्वाधारका विविध पक्षमा चर्चामै रहने गोकुलगंगा गाउँपालिकामा स्वास्थ्य बीमाको पहुँचमा जोडिन जनसंख्या भने न्यून देखिएको छ । १७ हजार ७९८ जनसंख्या रहेको यो पालिकामा जिल्ला कै सबै भन्दा कम २२.२० प्रतिशत अर्थात् ४ हजार ७८ जनाले मात्रै बिमा गरेको बीमा बोर्ड रामेछापले जनाएको हो । 

 

उमाकुण्ड पछि दुर्गम क्षेत्रकै पहिचान पहिचान खेप्न बाध्य दोरम्बा शैलुङ् गाउँपालिकाले भने ३७.७७ प्रतिशत जनसङ्ख्यालाई बिमामा जोड्दै नागरिकको स्वास्थ्य सेवालाई सहज पारेको छ । 

 

१७ हजार ६८६ जनसंख्या रहेको यो पालिकाका ६ हजार ७९५ जनाको बीमा गरिएको बोर्डको तथ्याङ्कले देखाउँछ । सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्न कठिनाई भइरहेको, कतिपय स्थानीय तहहरूले अस्पतालमा मात्रै भन्दा स्वास्थ्य चौकीहरु (PHC) मा पनि बीमा लागू हुनु पर्ने र स्रोत साधनको कमिले गर्दा प्रथम सेवा वीन्दु राख्न असहज भइरहेको जस्ता मुख्य चुनौती रहेको सुनाउँदै जिल्ला संयोजक श्रेष्ठले बिमितहरूले नविकरण गर्न छाड्‌ने दर उच्च हुँदै गइरहेको सुनाइन् । 

 

चालु आर्थिक वर्ष ०८२/०८३ मा सम्पूर्ण स्थानीय तहहरूमा प्रथम सेवा बिन्दु बिस्तार गर्ने, स्वास्थ्य बीमा बोर्डले तोके बमोजिमको प्रथम सेवा बिन्दु राख्ने, अस्पतालबाटै बिमितले रेफर सेवा लिन पाईने सुविधा थप गर्ने जस्ता योजनाहरु रहेको बताउँदै नविकरण अब नागरिकले घरबाटै गर्न सक्ने सुविधा रहेको बताइइन् । 

 

चालु आ.व. मै आठ वटा गम्भीर प्रकृतिका रोगको संक्रमणमा परेका बीमितलाई दुई लाख रुपैयासम्मको उपचार सहुलियत गरिने र स्वास्थ्य बीमाको सेवा एक महिनामै लिन पाईने सम्मका सुविधा यो वर्षदेखि लागू गर्ने योजना रहेको बिमा बोर्ड रामेछापले जनाएको हो ।