रामेछापमा २१ हजारले लगाए कोरोना बिरुद्धको पहिलो डोज 'खोप' दोस्रो डोजको मात्र कहिले ?

पहुँचको आधारमा खोप वितरण भएको स्थानीको आक्रोश

| असार १३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१३ असार, रामेछाप । रामेछाको जिल्लामा हाल सम्म करिव २१ हजार मानिसले मात्रै कोरोना भाइरस संक्रमण बिरुद्धको भ्याक्सिन लगाएका छन् । नेपाल सरकारले कोरोना महामारीलाई रोकथाम गर्न भन्दै विभिन्न देशले अनुदान्, सहयोग तथा खरिद गरेर ल्याएर नागरिकहरुलाई खोप लगाउने प्रक्रिया सुरु गरेको लामो समय बितेपनि जिल्लामा कम मात्रैले खोप पाउन सकेका हुन् । खोपको जिल्लामा पहुँचको आधारमा विरतण हुदै आएको स्थानीयहरुको आरोप छ । 


पहिलो चरणमा सरकारले मान्यता प्रदान गरेको "कोभिशिल्ड" खोपको पहिलो मात्रा लगाउनेको संख्या कूल १८ हजार ८ सय ८९ जना गरेको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप टाइम्सलाई बताए । उनका अनुसार "कोभिशिल्ड" खोपको पहिलो डोज लगाएको कूल संख्या २१ हजार बढी भएपनि उनीहरुले दोस्रो डोज पाउन सकेका छैन् । थापा भन्छन् "पहिलो चरणमा कोभिशिल्ड खोप लगाएकाहरुलाई दोस्रो चरणको खोप अब सरकारले जहिले दिन्छ उही बेला हो ।"

 

पहिलो चरणमा कोभिशिल्ड खोप लगाएकाहरु मध्ये हाल सम्म २ हजार २ सय ५७ जनाले मात्रै दोस्रो 'डोज' लगाउन पाएका छन्। खोप चाँडै आउने क्रममा रहेको उनी बताउछन् । 

 

त्यस्तै सरकारले दोस्रो चरणमा सुरु गरेको भेरोसेल खोपको मात्र लगाउनेको संख्या २ हजार ६७ जना मात्रै रहेको जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन थापा बताउछन्-'केही खोप एक चरण लगाउन पुग्ने रहेको बताउदै थापा भन्छन् केही खोप बाँकि छ । तर, सर्वसाधरणको लागि भने खोप छैन् । सरकारबाट जहिले आउछ त्यहीबेला हो । यो खोप फ्रण्टलाईनमा खटिनेहरुको लागि हो ।'

 

गत शुक्रबारदेखि प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीमा पहिलो डोज लगाएका स्वस्थ्यकर्मी, एम्बुलेन्स तथा शवबहान चालक, सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवाक कर्मचारी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, प्राधिकरणका कर्मचारी, सरसफाईर्मचारी र पचास वर्ष भन्दा माथिका शिक्षकहरुलाई दोस्रो डोजको खोप लगाउने क्रम चलिरहेको छ । यो खोप पहिलो दिन १ सय २३ जनाले भ्याक्सिन लगाएका छन् । जसमा ९८ जना पुरुष र २५ जना महिलाले खोप लगाएका हुन् ।

कोरोना बिरुद्धको खोप संचालन भैरहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थली

आइतबार दोस्रो दिन पनि खोप लगाउने काम निरन्तर चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 


हाल सम्म रामेछापमा २ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८ सय ७३ जना निको भएका छन् । भने १ सय ९३ संक्रिय संक्रमित रहेको जिल्ला अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

आठ वटा स्थानीय तह रहेको रामेछापमा जिल्लाका विभिन्न अस्पतालमा उपचार हुन नसकि २५ जना थप उपचारको लागि काठमाडौं लगाएतका अस्पतालमा रेफर भएका छन् । आइतबार सम्म कोरोना भाइरस संक्रमणका कारण १९ जनाले ज्यान गुमाएका छन् ।

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार