पकरवासमा मकै पकेट क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर सहित कृषि उपकरण हस्तान्तरण (फोटोफिचर)

| असार १४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१४ असार,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ पकरवासमा किसानहरुको लागि खेत जोत्ने हाते ट्याक्टर उपलब्ध गराइएको छ । 

 


आइतबार पालिका अध्यक्ष प्रेम तामाङ्को उपस्थितिमा कृषि ज्ञान केन्द्र रामेछापको सहजिकरण र प्रदेश सरकारको आर्थिक सहयोगमा खेत जोत्न हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको वडा अध्यक्ष धन बहादुर मानन्धरले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार ३० वटा ट्याक्टर खरिद् गरेर ल्याइएको र पहिलो दिन केही ट्याक्टर किसानलाई प्रदान गरि सकेको छ भने बाँकि सोमबार पनि स्तान्तरणको काम रहेको छ । 

 

उनले भने "प्रदेश सरकारको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्रले खरिद गरेर मकै पकेट क्षेत्रको लागि ३० वडा ट्याक्टर ल्याइएको थियो । हिजो केही हस्तान्तरण गरि सकिएको छ । बाँकि आज पनि होला ?"

 

उनका अनुसार वडा नं ४ पकरवासको माडिफाँटलाई मकै पकेट क्षेत्र निर्धारण गरिएको छ । सो ठाउँका किसानहरुलाई कृषि यान्त्रीकरण हस्तान्तरन कार्यक्रम अन्तर्गत ट्याक्टर हसतान्तरण गरिएको हो । 

त्यस्तै पकेट क्षेत्रका किसानहरुलाई मकै छोडाउने मेसिन र जोखने (तौल) गर्ने मेसिन पनि हस्तान्तरण गरिने तयारी भएको उनले बताए । 

सामाग्री हस्तान्तरणको तस्विरहरु

तस्विर पालिकाको फेस्बुबाट साभार/रामेछाप टाइम्स

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार