हिजो दिनभर खोज्दा पनि फेला परेनन् तामाकोशीमा बेपत्ता कँडेल, आज बिहानै देखि गोताखोरसहितको टोली खटियो

| साउन २९, २०८२ बुधबार

A A A
A A A

२८ साउन, रामेछाप । मंगलबार बिहान (११ बजे) देखि तामाकोशीमा बेपत्ता भएका श्रीवंश कँडेल हाल सम्म फेला पर्न सकेका छन् । उनको खोजीको लागि बुधवार (आज) बिहानै गोताखोर सहित स्थानीय समेत परिचालित भएका छन् । 

 

सोमबार मात्रै काठमाडौँबाट मन्थली नगरपालिका वडा नं ७ भटौली मुगिटार प्रसाइटोल निवासी कँडेल मंगलबार बिहान १० बजेतिर नुहाउन भनेर घरबाट निस्किएका थिए । तामाकोशीको बगरमै अवस्थित ढिकुरे मन्दिर नजिकै नुहाउनको लागि कपडा खोलेर कोसी छेउमा पुगेका कँडेल तत्कालै बेपत्ता भएपछि उनको खोजी सुरु गरिएको थियो । तर, मंगलबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि बुधवार बिहानै देखि गोताखोर सहितको टोली परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । ‘हिजो दिनभर खोज्यौँ । आज बिहानै स्थानीय सहित गोताखोरको टोली परिचालित गरेका छौँ’, प्रवक्ता न्यौपानेले भने ‘छिमेकी जिल्लालाई समेत खबर गरेका छौँ ।’

 

परिवारले जिउँदो भेटाउने आशा मारिसकेका कँडेल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र कँडेलका दाजु हुन् । 

 

७६ वर्षीय कँडेल काठमाडौँमा बसोबास गर्दै आएका थिए । तामाकोशी नै यहाँमा मानिसहरू जीवन जिउने प्रमुख स्रोत जस्तै बन्दा त्यही तामाकशीले वर्यौंनी धेरै व्यक्तिको ज्यान समेत लिने गरेको छ । 

मिलन घिमिरे (बि क)
| साउन २८, २०८२ मंगलबार