पालिकामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण संकलन टोली गोकुलगंगाको चुचुरे पुग्यो त्यसपछि दोरम्बा

| भदौ ३, २०८२ मंगलबार

A A A
A A A

०३ साउन, रामेछाप । राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि चालु आर्थिक वर्षमा अनिवार्य जस्तै गरिएपछि रामेछाप प्रशासनले पालिका स्तरमै पुगेर संकलन गर्दै आएको राष्ट्रिय परिचय पत्र वितरण र सङ्कलनको कार्य हिजो सोमबार देखि गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा सुरु भएको छ । यसरी पालिकाका प्रत्येक वडामा पुगेर तथ्याङ्क लिँदा मन्थली स्थित जिल्ला प्रशासन धाउनु पर्ने बाध्यतामा रहेका लाभग्राहीलाई सहजता भएको छ ।  सुनापति गाउँपालिका र रामेछाप नगरपालिकामा यसअगाडि तथ्याङ्क संकलन र बनेर आएका कार्ड वितरण गरेपछि सोमबारदेखि गोकुलगंगा गाउँपालिकामा अभियान मार्फत तथ्याङ्क सङ्कलनको कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले रामेछाप टाइम्सलाई बताए । ‘सुनापति सकेर रामेछापको २, ८ र ९ बाहेक सबैमा सकियो’, बाँकी वडामा नगरपालिको तयार पारेको सेडूल अनुसार तथ्याङ्क सङ्कलनको काम हुने बताउँदै चुचुरेमा सेवा प्रवाह सुरु भएको बताए ।  स्थानीय स्तरमा नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्थालाई पालिकाहरू सँगको समन्वयमा कार्यान्वयन गर्दै आएको जिल्ला प्रशासन कार्यालय मन्थलीले शिविर सञ्चालन गरेरै राष्ट्रिय परिचय पत्र वितरण गर्दै आएको हो ।  

भदौ २ गतेदेखि गोकुलगंगा गाउँपालिकाका–०६ वटा वडामा शिविर एवं अभियान सकिने र त्यसपछि दोरम्बा शैलुङ् गाउँपालिकामा अभियान लैजाने तयारी रहेको सिडिओ थापाको भनाई छ। यस अवधिमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय तथा अन्य नागरिकले राष्ट्रिय परिचयपत्रको दर्ता, वितरण र सम्बन्धित सेवाहरू सहजै प्राप्त गर्न सक्नेछन्। 

 

हालसम्म रामेछाप नगरपालिकाको ७, ६, ,५, ४, ३ र १ मा सम्पन्न हुँदा ६४६ जनाको विवरण संकलन गरिएको छ भने १४१ वटा कार्ड वितरण गरिएको छ । गएको साउन ४ देखि १६ गते सम्म विवरण संकल गरिएको सुनापतिमा पुरुष २३१ र महिला ३८० जना गरी ५६७ जनाको अफलाइन विवरण संकलन गरिएको कम्प्युटर अपरेटर खिला महतले जानकारी दिए । 

 

सोमबार चुचुरेमा सिडिओ थापासहित पालिकाका जनप्रतिनिधिहरू समेतको उपस्थितिमा जिल्ला प्रहरीले युवा लक्षित लागू औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रमसँगै अभियान समेत थालिएको हो ।